Breaking News »
Purbanchal News
Google
भोजपुर बहुमुखी क्याम्पसका प्रमुख माथि आक्रमणपछि परीक्षा स्थगित ।
Purbanchal news | 07 September 2009 | Views : 1269

माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) समर्थित विद्यार्थीहरुले क्याम्पस प्रमुखमाथि सांघातिक हमला गरेपछि भोजपुर बहुमुखि क्याम्पसमा बुधबारदेखि संचालन हुने परिक्षाका सबै कार्यक्रम  अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

 भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुले क्रान्तिकारी संगठनबाट असुरक्षित रहेको जनाउदै परीक्षा स्थगित गरेका हुन् । आइतबार भोजपुर बहुमुखी क्याम्पस प्रमुख पर्वतकुमार राईमाथि अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिता राई, उपाध्यक्ष नविन परियार र सचिव दिनेश खनाल, इन्सान लगायतको नेतृत्वमा आएको १२/१५ जनाको समूहले सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएपछि कात्तिक ११ गतेदेखि हुने परीक्षाको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो ।

 शैक्षिक संस्थामाथि हस्तक्षेप र आक्रमण बिरुद्ध प्राध्यापक, कर्मचारी, पेशाकर्मी, मानवअधिकारवादी तथा नागरिक समाजले बिरोध कार्यक्रम घोषणा गरेका छन् । क्याम्पस प्रमुखको राजीनामा माग गर्दै आएको अखिल क्रान्तिकारीलाई वार्तामा बोलाएको अघिल्लो दिन यो घटना भएपछि वार्ता समेत स्थगित भएको छ ।  क्याम्पसले विश्वविद्यालयको स्वायत्त ऐन कानुन प्रयोग गरी कारबाही गर्ने जनाएको छ ।    

 परीक्षाको कार्यक्रम स्थगित भएपछि स्नातक तह दोश्रो बर्षका विद्यार्थीहरु अन्योलमा परेका छन् ।

 क्रान्तिकारीकी जिल्ला अध्यक्ष सुनिता राईले घटनाको जिम्मेवारी लिदै आइतबार अपरान्ह प्रहरी समक्ष आफै गिरफ्तारी दिएकी छन् ।

Kantipur

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.