Breaking News »
Purbanchal News
Google Ads
आन्दोलन सफल भएपछी इटहरीबासीहरु बिजय उत्सव मनाउदै
Purbanchal | 07 September 2009

सुनसरीमा हुने भनिएको पूर्वााचलम क्षेत्रिय रंगशाला इटहरीमै बनाईनुपर्ने माग राखेर अनिश्चितकालीन आम हड्तालमा उत्रिएका इटहरीबासीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर आज बिजय उत्सव मनाउदै छन । साथै मन्त्रिपरिसदको हिजोको बैठकले कृषि मन्त्रालयको मातहतमा रहेको साँढे सात बिगाहा जग्गा रंगशाला निर्माणको लागि दिने निर्णय गरेको छ ।
 
उत्सव मनाउने क्रममा इटहरीबासीहरुले बिहान यातायात खुलाएर बिजय जुलुस निकालेका छन् । हजारौको संख्यामा मोटरसाईकलमा निष्कीएको बिजय जुलुसले इटहरी नगरका बिभिन्न भागको परिक्रमा गरेको थियो ।

हसो्रल्लासका साथ निष्किएको जुलुसले नगरका बिभिन्न स्थानको परिक्रमापछि इटहरी चौकमा आएर कोणसभामा परिणत भएको थियो ।

सरकारले सम्बोधन गरेपछि इटहरीबासीले गर्दै आएको आन्दोलन स्थगित गरेका छन । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रीयरंगशाला निमाणका लागि साढे सात विघा जग्गा दिने निर्णय गरेपछि आन्दोलनरत इटहरीबासीले आन्दोलन स्थगित गरेका हुन ।
सरकारले रंगशालाका लागि जग्गा दिने निर्णय गरेपनि रंगाशाला निमार्ण बारे निर्णय गरेको छैन । सरकारले जग्गा दिएपनि रंगशाला निर्माण नहुन्नजेलसम्म आफूहरुको आन्दोलन जारी रहने रंगशाला निमार्ण सघर्ष समितिले जनाएको छ ।

Read More
पूर्वाञ्चल क्षेत्रीय रङ्गशाला इटहरिमै बन्नुपर्ने माग राख्दै आमहड्ताल आमहड्ताल
Purbanchal | 07 September 2009

पूर्वाञ्चल क्षेत्रीय रङ्गशाला इटहरिमै बन्नुपर्ने माग राखेर बुधबारदेखि अनिश्चितकालीन आमहड्तालमा उत्रेका स्थानीयले आज पनि बिहानैदेखि बन्द गरेका छन्। त्यहाँ पसल, यातायात, शिक्षण स‌ंस्था बन्द छन्। हिजो प्रदर्शनकारीले  दुई दर्जन सवारी तोडफोड गरेका थिए।
प्रहरी र बन्दकर्ताबीच झडप हुँदा ७-८ जना घाइते भएका छन्। प्रहरीसँगको झडपपछि बन्दकर्ताले सवारी साधन तोडफोड तथा आगजनी गरेका छन्। बन्दकर्ताले बिहानैदेखि सडकमा बाँस र ढुंगा राखेर अवरोध सृजना गरी यातायात बन्द गरेकोमा प्रहरीले अवरोध हटाई यातायात सञ्चालन गर्न खोज्दा इटहरीको पश्चिम चोक र चौरास्त चोकमा झडप भएको हो।

झडपमा स्थानीय रवीन दाहाल, नारायण ढुंगाना, तीर्थ पराजुली, कोवित कार्की, रामु पोखरेललगायत् घाइते भएका छन्। घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। झडपपछि प्रहरीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको भन्दै बन्दकर्ताले सवारी तोडफोड गरिएको बताएका छन्।

बन्दकर्ताले बस, ट्रक, ट्रयाक्टरलगायत् सवारीमा ढुङ्गा प्रहार पनि गरेका थिए। उनीहरुले मे १ ख १२८८ नम्बरको यात्रुबाहक बस आगजनी गरेका छन्। आगजनीबाट बस पूर्णरुपमा जलेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद सिटौलाले बताए। यात्रुलाई भने ओरालेर आगजनी गरेकाले मानवीय क्षति भने हुन पाएन्।

धरानबाट इटहरी आउँदै गरेको उक्त बसलाई १२-१५ जनाको सङ्ख्यामा रहेका बन्दकर्ताको समूहले मट्टीतेल खन्याएर आगजनी गरेका सोही बसका कण्डक्टर मोहन बास्तोलाले बताए। \'बन्दकर्तालाई गाडी घुराउँछु भनेर हारगुहार गरें,\' उनले भने- \'एक्कासि आएर कुरै नसुनी आगो लगाएर भागे।\' सो बस आगजनी गरेको भन्दै प्रहरीले ट्याक्सी चालक इटहरी-४ का अमृत पुरीलाई निर्घात कुटपिट गरेको छ।

आमहडतालका कारण इटहरी बजार, पसल, शैक्षिक संस्था, व्यापार-व्यवसाय ठप्प छ।

क्षेत्रीय रङ्गशालाको निर्णय नगरुञ्जेलसम्म आमहड्ताल फिर्ता नलिने रङ्गशाला निर्माण सङ्घर्ष समिति सदस्य ईश्वरी पराजुलीले बताए। उनले शान्तिपूर्ण आमहड्तालको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी कुटपीट गरेको दाबी गर्दै बिहीबारदेखि झन् कडा आन्दोलनमा उत्रने बताए।

Nagarik

भोजपुर बहुमुखी क्याम्पसमा कर्फ्यु
Purbanchal | 07 September 2009
क्याम्पस प्रमुखमाथिको कुटपिटपछि भोजपुर बहुमुखी क्याम्पसको बिषयमा उत्पन्न तनाव नियन्त्रण गर्न प्रशासनले बुधबार विहानदेखि यहाँ कर्फ्यु लगाएको छ । बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्मको लागि प्रशासन कार्यालयले निषेधआज्ञा आदेश जारी गरेको जनाएको छ ।

माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)का समर्थकहरुले क्याम्पस प्रमुख पर्वतकुमार राईमाथि गरेको आक्रमणपछि बिद्यार्थी संगठन र राजनीतिक दलहरुबीच उत्पन्न तनाव नियन्त्रण गर्न कर्फ्यु आदेश गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताए । भोजपुर सदरमुकामस्थित मुख्यबजार, रिङरोडभित्र र बाहिर ५ किलोमिटरको दुरीमा कर्फ्यु लगाइएको हो । भोजपुर बजारभित्र ५ जनाभन्दा बढीको समुहमा हिंडडुल नगर्न, लाठी, मुङ्ग्री, भाला, खुकुरी लगायत हातहतियार नबोक्न र सार्वजानिक वातावरणमा खलल पार्ने क्रियाकलाप नगर्न नगराउन आदेश गरिएको प्रजिअ खतिवडाले जनाए ।

भोजपुर बहुमुखी क्याम्पस प्रमुखमाथि हातपात भएपछि त्यसबिरुद्ध भोजपुर बजारमा तीन दिनदेखि तनाव उत्पन्न भएको छ । एक आपसमा हातहालाहालको स्थिति उत्पन्न भएपछि सदरमुकाममा कडा सुरक्षाको व्यवस्था गरिएको छ ।

Kantipur
Read More
इटहरीमा रंगशाला माग गर्दै इटहरी बासीद्वारा आमहड्ताल घोषणा
Sunsari | 07 September 2009
पूर्वाञ्चल क्षेत्रीय रंगशाला इटहरीमा हुनुपर्ने माग राख्दै इटहरीका बासिन्दाले आमहड्ताल गर्ने घोषणा गरेका छन्। सुनसरीको धरान, इटहरी र इनरुवाका बासिन्दाबीच रंगशालाका लागि तानातान र दौडधुप तीव्र भइरहेको र विवाद समाधानका लागि ... Read More
सुनसरिको मनोहरमा आगलगी
Purbanchal | 07 September 2009
सुनसरिको मनोहरमा गाउ बिकास समिती वार्ड न ४ मा बिद्युत शट भई ३ घरमा आगलगी हुँदा छ लाख भन्दा बढीको धनमाल  नोक्सन भएको छ भने आगो अजै नियन्त्रनमा आउन सकेको छैन । समाचारको बिस्त्रित विवरण आउन बाँकी नै छ । Read More
अज्ञात समूहद्वारा ईलाममा युवतीको हत्या
Ilam | 07 September 2009
मेची राजमार्गको गोदक सडकखण्डमा अज्ञात समूहले एक युवतीको हत्या गरेको छ। सोमबार बिहान ९ बजे मोटरसाइकलमा सवार दुईमध्ये ताप्लेजुङ फुङलिङ-७ की रमा लिम्बूको हत्या भएको हो। पेस्तोल, खुकुरी र रड बोकेर आएको समूहले राजमार्गमा मोटरसाइक ... Read More
भोजपुर बहुमुखी क्याम्पसका प्रमुख माथि आक्रमणपछि परीक्षा स्थगित ।
Purbanchal | 07 September 2009

माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) समर्थित विद्यार्थीहरुले क्याम्पस प्रमुखमाथि सांघातिक हमला गरेपछि भोजपुर बहुमुखि क्याम्पसमा बुधबारदेखि संचालन हुने परिक्षाका सबै कार्यक्रम  अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

 भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुले क्रान्तिकारी संगठनबाट असुरक्षित रहेको जनाउदै परीक्षा स्थगित गरेका हुन् । आइतबार भोजपुर बहुमुखी क्याम्पस प्रमुख पर्वतकुमार राईमाथि अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिता राई, उपाध्यक्ष नविन परियार र सचिव दिनेश खनाल, इन्सान लगायतको नेतृत्वमा आएको १२/१५ जनाको समूहले सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएपछि कात्तिक ११ गतेदेखि हुने परीक्षाको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो ।

 शैक्षिक संस्थामाथि हस्तक्षेप र आक्रमण बिरुद्ध प्राध्यापक, कर्मचारी, पेशाकर्मी, मानवअधिकारवादी तथा नागरिक समाजले बिरोध कार्यक्रम घोषणा गरेका छन् । क्याम्पस प्रमुखको राजीनामा माग गर्दै आएको अखिल क्रान्तिकारीलाई वार्तामा बोलाएको अघिल्लो दिन यो घटना भएपछि वार्ता समेत स्थगित भएको छ ।  क्याम्पसले विश्वविद्यालयको स्वायत्त ऐन कानुन प्रयोग गरी कारबाही गर्ने जनाएको छ ।    

 परीक्षाको कार्यक्रम स्थगित भएपछि स्नातक तह दोश्रो बर्षका विद्यार्थीहरु अन्योलमा परेका छन् ।

 क्रान्तिकारीकी जिल्ला अध्यक्ष सुनिता राईले घटनाको जिम्मेवारी लिदै आइतबार अपरान्ह प्रहरी समक्ष आफै गिरफ्तारी दिएकी छन् ।

Kantipur
Read More
जनता बहुमुखी क्याम्पस इटहरीमा क्याम्पस प्रमुख सहित १५ जनाको राजिनामा
Sunsari | 07 September 2009
स्ववियु निर्वाचनको बिषयलाई लिएर विद्यार्थी संगठनले इटहरीको जनता बहुमुखी क्याम्पस बन्द गर्दै आएपछी सो क्याम्पसका� प्रमुख सहित १५ जनाले राजीनामा दिएका छन्। गत चैत्रमा भएको स्ववियु निर्वाचनमा निर्वाचन आयोगले सहमती तोडेर मतग ... Read More
भोजपुर बहुमुखी क्याम्पसका प्रमुख माथि आक्रमण ।
Purbanchal | 07 September 2009

माओवादी समर्थित विद्यार्थीहरुले भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईलाई आक्रमण गरी घाइते बनाएका छन् । प्रमुखको  भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिता राई, उपाध्यक्ष नविन परियार र सचिव दिनेश खनाल, इन्सान लगायतको नेतृत्वमा आएको १२/१५ जनाको समूहले आइतबार क्यामपसभित्र प्रवेश  गरी उनीमाथि आक्रमण गरेका हुन् । घटनापछि क्रान्तिकारीकी अध्यक्ष सुनिता राईले प्रहरी समक्ष आफै गिरफ्तारी दिएकी छन् । उनीमाथि अनुसन्धान गरिने र अन्य फारार अभियुक्तलाई पक्राउ गरी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताए । अन्य आक्रमणकारीहरु पक्राउ परेका छैनन् ।  

 बुधबारदेखि हुने स्नातक र प्रविणता प्रमाण-पत्र तहको परीक्षाको तयारीको लागि प्राध्यापकहरुबीच छलफल चलिरहेको बेला एक्कासी भित्र प्रबेश गरी खुकुरी, फलामको रड, काठको मुङ्ग्रो, लठ्ठीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताए । क्यामपस प्रमुख आइतबार १० बजे कार्यालय पुगेका थिए ।

 क्रान्तिकारीको आक्रमणबाट राईको टाउको फुटेको छ । उनको टाउकोमा २६ टाका लगाइएको डा. प्रदिप थापाले जानकारी दिए ।

 क्रान्तिकारीद्वारा क्याम्पस प्रमुखमाथिको आक्रमण बिरुद्ध मानव अधिकारका लागि नागरिक समाज, भोजपुर क्याम्पस प्रध्यापक संघ, त्रिवि कर्मचारी युनियन लगायत बिभिन्न संघ संस्थाले घोर भत्र्सना गर्दै आक्रमणकारीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

 अखिल क्रान्तिकारी समर्थक विद्यार्थीले क्याम्पस प्रमुखको राजीनामा माग्दै आएका छन् । यसअघि उनीहरुले क्याम्पस प्रमुख बिरुद्ध नाराबाजी गर्दै राजीनामा दिन दवाब दिदै आएका थिए ।

क्रान्तिकारीले गत जेठ १७ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दी अझै खुलेको छैन । क्याम्पसमा कर्मचारी छनौट गर्दा पक्षपात गरेको आरोप लगाउदै सुरु भएको क्रान्तिकारीको आन्दोलनले करिब ६ महिना क्याम्पसको वातावरण अस्तव्यस्त थियो ।

कर्मचारी छनौटको बिषयमा विवाद बढेपछि त्रिभुवन विश्वबिद्यालय केन्द्रीय अनुगमन टोलीले अध्ययन गरी पक्षपात नभएको पुष्टि गरिसकेको छ । पछिल्लो समय छनौट भएका कर्मचारीलाई नियुक्ति दिनुपर्ने फैसला समेत गरेको छ ।

 क्याम्पस प्रमुखमाथिको आक्रमणले स्नातक र प्रविणता प्रमाणपत्र तहको परीक्षा संचालन हुने वा नहुने बारेमा अन्योलमा परेको शिक्षाशास्त्र संकाय प्रमुख उत्तमसिंह राईले बताए ।

Read More
First Prev 1 2 3 4 5 6 7 8 9 10 51
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.